Comments Add Comment

 परराष्ट्रमन्त्री आरजु राणा जापान प्रस्थान

काठमाण्डौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा थाइल्याण्ड हुँदै जापान प्रस्थान गरेकी छन् । मन्त्री राणा सोमबार राति जापान प्रस्थान गरेकी हुन् । उनी नियमित उपचारका लागि जापान गएको उनको सचिवालयले बताएको छ ।

जापान बसाइँका क्रममा उनले टोकियोमा आयोजना हुने ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागी हुने बताइएको छ। उनले उक्त सम्मेलनमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ।

सचिवालयले उपचारका लागि जापान गएको बताए पनि मन्त्री राणाले त्यहाँ रहँदा द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ