Comments Add Comment

अदालतको आदेशपछि छुटेकी अमला रोका फेरि पक्राउ

काठमाण्डौं। काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन्।  ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन्। 

सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ