Comments Add Comment

आईपीएलमा लखनउ पराजित, हेर्नुहोस् कुनकुन टिम छन् प्लेअफ दौडमा !

काठमाण्डौं।  लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) प्ले अफ‌ दौडबाट बाहिरिएको छ। सनराइजर्स हैदराबादसँग सोमवार ६ विकेटले पराजित भएपछि लखनउ‌को प्ले अफ पुग्ने सम्भावना सकिएको छ।

अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्।

आज २ सय ६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। माथिल्लो क्रमका ब्याटरले सामूहिक प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। ओपनर अभिषेक शर्माले अर्धशतक पूरा गरे। २० बलमा अभिषेकले ६ छक्का र ४ चौकामा ५९ रन जोडे। हेन्रिक क्लासनले ४७, इशान किशनले ३५, रिटायर्ड हर्ट भएका कमिन्दु मेन्डिसले ३२ रन बनाए। लखनउका दिगभेस राठीले २ तथा सार्दुल ठाकुर र विल ओरुकेले समान १ विकेट लिए।

एकाना स्टेडियममा त्यसअघि टस जितेर हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र एडम मारक्रमले १ सय १५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए। दुवैले २८ बलमा अर्धशतकको बनाए।

यो साझेदारी १०.३ ओभरमा हर्ष दुबेले तोडे। ३९ बलमा ६ चौका र ४ छक्का सहित ६५ रनमा मिचेल आउट भए।  लगत्तै कप्तान ऋषभ पन्त मात्र ७ रनमा एसान मालिङ्गाको बलमा कट एण्ड बोल्ड हुन पुगे।

यसपछि ३८ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाएर एडम आउट भए। निकोलस पुरनले २६ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे। उनी रन आउट हुन पुगे।

बलिङमा एसान मालिङ्गाले सर्वाधिक २ विकेट लिए। हर्ष दुबे, नितिश कुमार पटेल र हर्षल पटेलले समान १ विकेट लिए।

लखनउले १२ खेलबाट १० अंक बनाएको छ‌। प्ले अफबाट पहिले नै बाहिरिसकेको हैदराबादको मात्र ९ अंक भएको‌ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ