Comments Add Comment

महिला टी-ट्वान्टी विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

काठमाण्डौं। आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ।

एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा क्वालिफायर्सका खेल हुँदै छन्।

क्वालिफायर्समा आयोजक टोली र नेपालसहित कुवेत, भुटान, मलेसिया, कतार, बहाराइन र यूएई गरी कुल नौ राष्ट्र छन्। नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।

जसमा नेपाल समूह ‘सी’मा छ। तालिका अनुसार, नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा पुनः बहाराइनसँग खेल्नेछ। प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ