Comments Add Comment

मासु खाँदा अड्कियो घाँटीमा हड्डी, प्रेमबहादुरको गयो ज्यान

धनकुटा । मासु खाँदा हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु भएको छ। 

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मोर्ती ढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुले सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो। 

उनको उपचारको क्रममा गएराती ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ