Comments Add Comment

राष्ट्रपति पौडेलद्वारा रिस्तीमा ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा सोमबार ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्।

राष्ट्रपति पौडेलले नौ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलको आज साझ काठमाडौं फर्किने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ