काठमाडौं । सप्तरी प्रहरीले क्याम्पस जाँदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । विष्णुपुर गाउँपालिका–१, सप्तरी घर भएका १९ वर्षीय एक युवालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
माघ ९ गतेको बिहान पौने ६ बजेको समयमा विष्णुपुर गाउँपालिका–७ क्याम्पस जान लागेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती युवालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमारले बस्नेतले बताए ।
युवकले बलप्रयोग गर्दा पीडित किशोरीको बाँया हात समेत भाँच्चिएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका युवकलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
