Comments Add Comment

सत्तारुढ दलबाटै संसद अवरोध, रेशम पक्राउ-प्रकरणबारे छानबिन गर्न माग

काठमाण्डौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउको विषयलाई लिएर नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टीले सदन अवरुद्ध गरेको छ।

बैठकको सुरूमै अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १७ गते सर्वोच्च प्रशासनको मनोमानीका कारण रेशम चौधरीलाई पक्राउ गरी केहिबेर कारागारमा राखिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी हुन् ।

रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफसमेत आउनुपर्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले रेशम चौधरीको गिरफ्तारी एक व्यक्तीको मात्रै विषय नभएको उल्लेख गर्दै यसका कारण समग्र संघीयता, समावेशिता, लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको बताएकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ