Comments Add Comment

'यसवर्षको बुद्धजयन्ती तीन दिनसम्म, कार्यक्रमका लागि एक करोड !'

काठमाण्डौ। यस वर्षको बुद्धजयन्ती एवम् लम्बिनी दिवस तीन दिनसम्म मनाइने लुम्बिनी विकास कोषले जनाएको छ । दिवस एक करोड बजेट खर्च गरेर मनाइन लागेको हो ।

बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रमका साथ भोलि वैशाख २८ देखि ३० गतेसम्म उत्सवका रुपमा मनाइन लागेको जानकारी कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले दिए । शनिबार पत्रकार सम्मेलन गरी लुम्बिनी विकास कोषले यस वर्षको बुद्धजयन्ती एवम् लुम्बिनी दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउन लागेको जानकारी कोषले दिएको हो ।विकास कोषले बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा तीन दिनसम्म गरिने कार्यक्रमहरूबारे जानकारी गराएको थियो ।

विकास कोषका उपाध्यक्ष लामाले तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने बताए । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।

यस वर्षको २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उहटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एवं संविधान सभा सदस्य डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष दुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम देवदह समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यावस्था तथा स्वयम् सेवक व्यवस्था उपसमिति बनेको कोषले जानकारी दिएको छ ।

विशेष समारोहका साथ मनाइन लागेको यस दिवसका अवसरमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, र प्रदेशसभा सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत महभागिता रहने छ ।

तीन दिने कार्यक्रम अन्तर्गत वैशाख आइतबार साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने सोमबार विहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।

साथै वृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइँने भएको छ ।

यसैगरी बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ ।

बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।

यसैगरी बुद्धजयन्तीको भोलीपल्ट मंगलबार अर्थात् वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ