Comments Add Comment

यात्रामा निस्किन खोज्दै हुनुहुन्छ ? यस्तो छ आजको मौसम !

काठमाण्डौ । यात्रामा निस्किन खोज्दै हुनुहुन्छ ? वा यात्रा गर्दै हुनुहुन्छ ? माैसमकाे जानकारी राखेर मात्रै यात्रा गर्नु राम्रो हुन्छ ।

नेपालमा आज पनि पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी शुक्रबार राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ