Comments Add Comment

संसदमा उठ्यो ‘आईपीओ निकाल्ने परियोजनालाई धितो बोर्डले कमिसन मागेको विषय’

काठमाण्डौं। सांसदहरुले आइपीओको अनुमतिका लागि धितोपत्र बोर्डले कमिसन माग्ने गरेको बिषयमा छानविन गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसदहरुले आइपीओको अनुमतिका लागि बोर्डले साना जलविद्युत् परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसन माग्ने गरेको भन्दै यस बिषयमा छानविन गर्न माग गरेका हुन्। माओवादी सांसद माधव सापकोटाले भरपर्दो संयन्त्र बनाएर बोर्डमाथि छानबिनका लागि रुलिङ गर्न माग गरे । कमिसनका कारण बोर्डमा ४३ जलविधुत आयोजनाको आइपीओको अनुमति रोकिएको भन्दै उनले यो निकै गम्भीर बिषय भएको उल्लेख गरे। त्यस्तै राप्रपा सांसद रोशन कार्कीले आइपीओको अनुमतिका लागि कमिशन माग्ने बोर्डका प्रमुखलाई कारवाही गर्न माग गरिन्। बोर्डले राम्रोसंग काम गर्न नसक्दा पुँजीबजारमा हजारौ नागरिकको पैसा फसेको र उनीहरुमाथि अन्याय भएको उनले बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ