Comments Add Comment

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट 

काठमाण्डौं। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोडको बजेट विनियोजन गरेको छ। चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत रहेको छ भनेँ पूजीगत तर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७।७ प्रतिशत बजेट विनियोजन गरेको हो। 

वित्तीय व्यवस्थापनको लागि १० करोड अर्थात् ०.३ प्रतिशत रहेको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिए। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको उनले जानकारी दिए। 

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ। आगामी आर्थिक बर्षकोलागि अनुमानित खर्च बेहोर्ने स्रोतमा प्रदेश सरकारको आन्तरिक राजस्व ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब  ५८ करोड ३४ लाख, सशर्त अनुदान ४ अर्ब ५७ करोड १० लाख रहने भनिएको छ। 

समपूरक अनुदानबाट २९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड २० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणमा करिब ३२ अर्ब ७४ करोड ९९ लाखको अनुमान प्रस्तुत भएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ