Comments Add Comment

यातायात व्यवसायीसँगको वार्ता निष्कर्षविहीन, भोलि पनि बन्द

काठमाण्डौँ। सरकार र यातायात व्यवसायबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको वार्तामा कुनै निष्कर्ष ननिस्किएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफ्नो आन्दोलन पनि तत्काल स्थगित गर्न माग गरेका थिए। यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले आजको छलफल सकारात्मक भएको बताए । तर, निर्णयमा पुग्न नसकिएकोले भोलि बस्ने गरी छलफल स्थगित भएको तिवारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ