Comments Add Comment

श्रमिक दिवसको अवसरमा प्रलेसद्वारा काव्य गोष्ठी

सुर्खेत । प्रलेस नेपाल कर्णाली प्रदेश, जिल्ला शाखा सुर्खेत र जाजरकोज शाखाको संयुक्त आयोजनामा ’श्रमिक दिवस तथा काव्य गोष्ठी’ सम्पन्न भएको छ । प्रदेशको राजधानी रहेको जिल्ला वीरेन्द्रनगरको पिपल चौतारामा बिहिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा. दीपक गौतम रहेका थिए । कार्यक्रममा प्रगतिशील लेखक एवम् साहित्यकार हरिलाल महतारा, निरञ्जा योगी, झलक साधक, दीपेन्द्र सिंह, मायाराम न्यौपाने, टिका पोख्रेल, खडक थापा, लक्ष्मणदेव गिरी , भिम बहादुर सारु, रन बहादुर तिरुवा, दलबहादुर रोकाय, राजेन्द्र विक्रम सिंह, नरेश्वर अधिकारी लगायत आ-आफ्ना समसायिक विषयका सिर्जना सुनाएका थिए । कार्यक्रम सञ्चालन देवप्रकाश सिंहले गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रग्ग्तिशील लेखक संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष युद्धविक्रम शाहीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ