काठमाण्डौं। बिहीबार यता मिडिया र सामाजिक सन्जालमा गृह मन्त्रालय र यसको नेतृत्वमाथि अनेक प्रश्न उठिरहेको छ।
गृह मन्त्रीको सचिवालय र यसको नेतृत्व समेत भिजिट भिसामा रकम असुली गरिरहेको खबर छ्याप्छ्याप्ती छ। चर्को दबाबपछि गृहले यसप्रकरणबारे मुख खोल्दै मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ।
‘यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘साथै, बिषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
