Comments Add Comment

अहम् को आगो

अरू साना भए,
र पो तिमी विशाल देखियौ ।
तर सोच त, यदि सबै अकाशिए भने ?
तिम्रो उचाइ कुन रूपमा रहन्छ । 

ठूलोपनको मापन,
सानोले नै गर्छ,
तर तिमी सानालाई हेप्छौ ?
आफ्नै उचाइको घमण्ड गर्छौ ?

होस् गर 
यो अहम्को दन्किएको ज्वालाले 
एक दिन आफैंलाई  पोल्छ । 
आगो सदैव बल्दैन,
अन्ततः खरानी बन्छ । 

संसार उचाइ मात्र होइन,
सन्तुलनको खेल हो । 
ठूलोपनलाई पनि सानोपनको
आधार चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ