Comments Add Comment

बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला

सप्तरी। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित कोशी व्यारेजको पुलदेखि तीन सय मिटर दक्षिण नदी किनारमा पुरुषको शव फेला परेको हो । नाम र ठेगाना नखुलेको अन्दाजी ४२ वर्षीय तराई मुलको जस्तो देखिने पुरुष पानीमा घोप्टो परी मृत अवस्थामा शुक्रबार फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। शवलाई पानिबाट बाहिर निकालेर पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ