Comments Add Comment

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाण्डौं। सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मूल्य बढेर आज सुन प्रतितोला एक लाख ९२ हजार सातसय रुपयाँ पुगेको छ। हिजो सुन तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ८९ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो।  गएको शुक्रबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबार प्रतितोला सातसय रुपैयाँ बढेको थियो। त्यसैगरि आइतबार सुनको मूल्य तीनसय र सोमबार एक हजार रुपैयाँ बढेको थियो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ