Comments Add Comment

म संघीयता विरोधी होइन, तर नेपालमा चाहिदैन : चित्रबहादुर केसी

काठमाण्डौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता सम्भव नभएको बताएका छन्।

यद्यपि उनले आफू संघीय प्रणालीविरोधी नभएको स्पष्ट पारेका छन्।

शनिवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताए। उनले अहिले नेपाली जनतालाई प्रदेश आवश्यक नभएको बताए।

प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको उनको जिकिर छ। राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताए।

केसीले भने, ‘नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार गरेका होइनौँ। म त्यो दुवै संविधानसभामा छु। प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर बिचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइएको थियो। चित्रबहादुर संघीयताविरोधी हो रे। म किन हुने संघीयता विरोधी? नेपालमा संघीयता सम्भव छैन।’

सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ