Comments Add Comment

यस्तो छ आजको मौसम, कहाँ कहाँ पर्छ पानी ?

काठमाण्डौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। 

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली छ। 

कर्णाली प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा  मेघगर्जनरचट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको अवस्थाः भारतको आसामका केही भूभागहरू तथा भुटान र बंगलादेशको पूर्व भूभागहरू  सम्म मनसुनको आ‍गमन भएको देखिन्छ । यस वर्षको मनसुन यसै साताको अन्त्य सम्ममा नेपालको पूर्वी भूभागबाट प्रवेश हुने सम्भावना देखिएको छ ।

२०८२ जेठ १५ गते (बिहिबार)

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ। 

रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ