काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ चैत ७ मा हुने परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको जनाएको छ ।
परिक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको, कहीं पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।
‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ ।' परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने । जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभिमुखिकरण कार्यक्रम भएको समेत उनले बताए ।
बोर्डका अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० छन् । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।
परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था जिल्लास्थित सुरक्षा निकायले मिलाउने समेत नियन्त्रक पौडेलको भनाई छ ।
