काठमाण्डौं। साताको पहिलो कारोबार दिन बजार परिसूचक नेप्से भने ९.१४ अंकले घटेको छ। २६७९.४१ विन्दुमा नेप्से झरेको हो। यस दिन ९९ वटा धितोपत्रको मूल्य बढे पनि १४८ वटाको भने घटेको छ। त्यस्तै एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। सेयरबजारमा ७ अर्ब ६० करोड रुपैयाँको कारोबार भएको छ। १ करोड ८५ लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको हो।
आज ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले १०२।४० रुपैयाँ प्रतिकित्ता कमाएका छन्। यसबाहेक महुली लघुवित्त, रिभर फल्स पावर लिमिटेड, उन्नति सहकार्य लघुवित्त र सूर्योदय वोमी लघुवित्तको सेयर पनि क्रमशः ८।२५, ७।७४, ७।२४ र ६।६० प्रतिशतले मूल्य बढेको छ।
तर सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको भने क्रमशः ८.१६, ५.९२, ४.१२, ३.६२ र ३.४० प्रतिशतले सेयर मूल्य घटेको छ।
सर्वाधिक कारोबार भने राधी जलविद्युतले गरेको छ। कम्पनीको ७१ करोडको सेयर किनबेच भएको हो। यसैगरी, युनिभर्सल पावर कम्पनी ३० करोड, ङादी ग्रुप पावर २९ करोड, युनाइटेड मोदी हाइड्रोपावर २८ करोड र हिमालयन पावर पार्टनरको २१ करोडको कारोबार भएको छ।
