Comments Add Comment

खेलकुदमा ऐतिहासिक बजेट, त्रिवि रंगशाला बनाउन चालिस करोड

काठमाण्डौं। युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।

आर्थिक वर्ष २०८१र८२ को को भन्दा यो २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माणका लागि लगानी बढाउँदै लगिने उल्लेख गरेका छन् । त्यस्तै झापाको दमकमा आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बुलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिनेछ ।

कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ