Comments Add Comment

भिजिट भीषा प्रकरणबारे गृहमन्त्रीले भने : जेठ १३ गते जवाफ दिन्छु

काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे आफूले प्रतिनिधिसभामा जेठ १३ गते जवाफ दिने बताएका छन्। 

शनिबार धनुसाबाट काठमाडौँ फर्किएका लेखकले त्रिभुवनविमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै आफूले संसद्‍मै यसबारे विस्तृत बताउने उल्लेख गरे। ‘यो बारेमा म विस्तृत कुरा १३ गते सम्मानित सदन प्रतिनिधिसभामा बोल्नका लागि मैले समय मागिसकेको छ,’ लेखकले भने, ‘सबै विस्तृत कुरा त्यहाँ बोल्ने छु।’

गृहमन्त्री र उनका सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। गृहमन्त्री लेखकले यसबारे नियोजित प्रचारबाजी भइरहेको टिप्पणी समेत गरे। उनले भने, ‘नियोजित र सडयन्त्रमुलक ढंगबाट  झुटा प्रचारबाजी भइरहेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ