Comments Add Comment

महिन्द्रराय यादवलाई नेसपाको लागो र झण्डा प्रयोग नगर्न अनुरोध

काठमाण्डौं। निर्वाचन आयोगले  रमेशप्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झण्डा र लोगो अनधिकृत प्रयोग नगर्न सचेत गराएको छ । 

रमेशप्रसाद यादव, महासचिव, नेपाल समाजवादी पार्टी भनी हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झन्डा र लोगो अनधिकृत प्रयोग गरी जनसारमा भ्रम सिर्जना गरेको पाइएको भन्दै यस्तो कार्य नगर्न आयोगले सचेत गराएको हो । 

‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नामक राजनीतिक दल मिति २०७८-११-०५ को आयोगको निर्णय अनुसार दल दर्ता नं। १८२ मा दल दर्ता कायम भई दलको नाम, दलको विधान, झन्डा, चिन्ह, केन्द्रीय समितिको विवरण लगायतका विषयहरू अभिलेखीकरण हुँदै आएको आयोगको दल दर्ता किताबमा देखिन्छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने कानुनी व्यवस्था रहेको छ’ आयोगले पत्रमा भनेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ