Comments Add Comment

युवामा लागुऔषध दुर्व्यसनी, ब्राउन सुगरसहित पाँच युवा पक्राउ

काठमाण्डौं। बाँके र बर्दिया जिल्लामा आगुऔषध ब्राउन सुगरसहित पाँच युवा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्जमा चेकजाँचका क्रममा ७० ग्राम ५२० मिली ग्राम ब्राउन सुगरसहित दुइ युवा पक्राउ परेका छन्। 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाइ सिद्धिकी पक्राउ परेका छन्। 

नेपालगञ्ज वडा नम्बर २१ स्थित सडक किनारमा हिँडिरहेका उनीहरूमाथि शंका लागी चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले बताए । 

त्यस्तै बर्दियामा थप तीन युवा ब्राउन सुगरसहित पक्राउ परेका छन्। छिमेकी देश भारतवाट नेपालतर्फ आइरहेका अछाम जिल्लाको कमल बजार नगरपालिका वडा नम्बर ५ कुइकाका २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीका २५ वर्षीय दीपक सिजाली मगर र सोही ठाउँका २४ वर्षीय महेशराम घिमिरे पक्राउ परेका हुन्। 

बर्दियाका प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालका अनुसार जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ तमौलीपुरमा भारतबाट नेपाल आइरहेका उनीहरूलाई शंका गरी चेकजाँच गर्ने क्रममा ८७० मिलीग्राम ब्राउन सुगर बरामद भएको हो ।

उनीहरू तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। भे १२ प ६६६३ नम्बको मोटरसाइकल तिमिल्सिनाले चलाएका थिए भने अरू दुई जना सोही मोटरसाइकलमा सवार थिए। 

पक्राउ परेकाहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति प्रदान गरेको डिएसपी पालले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ