Comments Add Comment

महिला टी २० विश्वकप एसिया छनोटमा हङकङविरुद्ध भिड्दै नेपाली टोली

काठमाण्डौं। आईसीसी महिला टी २० विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्रो खेल खेल्दैछ। जसअनुसार तेस्रो खेलमा नेपालले मंगलबार हङकङ-चीनसँग खेल्नेछ।

हङकङसँग भने यो दोस्रो खेल हो । थाइल्यान्डमा जारी क्वालिफायर खेलको पहिलो दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएको हो। खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए। तर, दोस्रो खेलमा नेपाल बहराइनसँग भिडन पुगेको थियो। जसलाइ ९ बिकेटले पराजित गरेको थियो।

नेपाली टोली इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ