काठमाण्डौं। राप्रपा नेपालले लघुवित्तसँग सम्बन्धितको संगठनको रुपमा राष्ट्रिय लघुवित्त संगठन नेपाल गठन गरेको छ। पार्टीको भातृ संगठनको हैसियत दिई निर्माण गरिएको संगठनको अध्यक्षमा सुमित्रा डाँगी (संखुवासभा) रहेकी छिन्।
समितिको उपाध्यक्षमा गणेश आचार्य र रामकला बराल रहेका छन् भने महासचिवमा राजकुमारी महतो रहेकी छिन्। उपमहासचिवमा विजयकुमार ठाकुर, सचिव रामसली तामाङ, कोषाध्यक्ष योजना बराइली, सहायक कोषाध्यक्ष ज्ञानध्वज तामाङ तथा सल्लाहकारमा अनिशा बराल, आरजु केसी र सरोज मैनाली छन्।
नव गठित कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिँदै पार्टी अध्यक्ष कमल थापाले सहकारी, लघुवित्त र मिटरब्याजको समस्या समाधान राप्रपा नेपालको उच्च प्राथमिकतामा रहेको बताए।
