काठमाण्डौं। आईपीएलमा बुधबार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन्। बुधबार वानखेडे रंगशालामा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन्।
यदि दिल्ली क्यापिटल्सले यो खेल हारेमा उसको खेल समाप्त हुनेछ र मुम्बई प्लेअफमा पुग्नेछ। यदि मुम्बई हारेमा भने दिल्लीको प्लेअफमा पुग्ने अर्को मौका हुनेछ। खराब सुरुवात पछि मुम्बईले बलियो पुनरागमन गरेको छ र शीर्ष–४ मा पुग्न अग्रतामा छ। सुरुवात राम्रो गरेको दिल्ली पछिल्ला ६ खेलमा भने एक जित मात्र दर्ता गर्न सफल भएको छ।मुम्बई यो संयोजनको फाइदा उठाउन चाहन्छ।
टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेपछिको पहिलो खेल भएकाले सबैको नजर मुम्बईका सुपरस्टार रोहित शर्मामाथि हुनेछ। अनुभवी ब्याट्सम्यान आफ्नो सर्वस्व दिन र आफ्नो टोलीलाई जित दिलाउन उत्सुक हुनेछन्। मुम्बई पनि आफ्नो वर्तमान संयोजनको पूर्ण फाइदा उठाउन चाहन्छ।
सूर्यकुमार यादवले ब्याटिङबाट आफ्नो राम्रो लयलाई निरन्तरता दिन खोज्नेछन्। यस्तै मुम्बईले तिलक वर्माले आफ्नो लय फेला पार्ने आशा पनि राख्नेछ। बायाँ हाते ब्याट्सम्यानले चालू सिजनमा प्रभाव पार्न असफल भएका छन्। पछिल्ला पाँच खेलमा तीन पटक दोहोरो अंकमा पुग्न असफल भएका छन्। रायन रिकेलटनको स्थानमा जोनी बेयरस्टोलाई टोलीमा समावेश गरिएको छ।
दिल्लीको वास्तविक रंग उजागर भएको छ। गुजरातविरुद्धको खेलमा दिल्लीले आफ्ना शीर्ष तेज बलर मिचेल स्टार्क ९१४ विकेट० गुमाएको थियो। उनी आईपीएल फेरि सुरु हुँदा फर्किएनन्। स्टार्कको अनुपस्थितिमा दिल्लीले अन्तिम खेल गुजरातसँग १० विकेटले हारेको थियो। गुजरात टाइटन्सविरुद्ध शानदार शतक प्रहार गर्ने केएल राहुल ९४९३ रन०को प्रदर्शनमा दिल्ली धेरै निर्भर हुनेछ। स्टार्कको स्थानमा आएका मुस्ताफिजुर रहमानले उत्कृष्ट बलिङ गरेका छन्।
दिल्लीले ६ मध्ये पाँच खेल जितेर आईपीएलको सुरुवात गरेको थियो। तर दोस्रो हाफमा यसको प्रदर्शन निकै खराब रहेको छ। कुलदीप यादव ९१२ विकेट०ले एक छेउबाट नियन्त्रण कायम राखेका छन्। कप्तान अक्षरका लागि यो सिजन धेरै हदसम्म निराशाजनक रहेको छ। उनले अहिलेसम्म २६३ रन बनाएका छन् र केवल पाँच विकेट लिएका छन्।
