Comments Add Comment

युवा संघको नेतृत्व चयनका लागि आज मतदान

काठमाण्डौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदैछ। निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ।

विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ। मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ। 

उद्घाटनपछि बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गरिएको छ । त्यसपछि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेका थिए । वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै सर्वसम्मत अध्यक्ष बनाउन उनीहरू लागिपरेका थिए।

हालका उपाध्यक्ष महाराज गुरुङ, प्रकाश गौतम, कृष्णहरि केसी अध्यक्षको दौडबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएसँगै थेबे र पुरी भिड्ने भएका छन् ।

मतदाननिम्ति शनिबार राति ४५ वटा विद्युतीय मेसिन ल्याइएको छ। महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ