Comments Add Comment

गभर्नर पौडेलको पहिलो हस्ताक्षर: पाँच सय र हजारका नोट छाप्ने निर्णय

काठमाण्डौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेसँगै पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएलगत्तै बालुवाटार पुगेर पदभार ग्रहण गरेका गभर्नर पौडेलले पाँच सय र एक हजारका नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । 

पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गरिने बताए । 

मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सबैसँग समन्वय गरेरै अघि बढ्ने गभर्नर पौडेलको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ