Comments Add Comment

लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा भएन सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको रिटनिवेदनमाथि बुधबार सुनुवाइ हुन नसक्ने भएको छ ।

मंगलबारको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी 'हेर्दाहेर्दैमा' राखेको थियो ।

तर, बिहीबार सर्वोच्च अदालत प्रशासनले नै निवेदनको सुनुवाइ स्थगित भएको भनी पेशी सूची प्रकाशित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ