Comments Add Comment

एमालेले बोलायो सचिवालय बैठक

काठमाण्डौ‌।  नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल गरिनेछ।

एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ। 

विधान महाधिवेशनको तयारीमा थालेको छ। भदौमा हुने विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुने छ। यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

एमालेको यो विधान महाधिवेशनमा मुख्य गरी विधान संशोधनको विषयमा चर्को बहस हुने देखिएको छ। पार्टीभित्र कार्यकारी पदमा रहने उमेर हद राख्ने वा नराख्ने, दुई कार्यकाल तोक्ने वा नतोक्नेलगायत विषयमा बहस हुन थालिरहेको छ। 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ