Comments Add Comment

सिग्मा कलेजको क्यान्टिनमा आगलागी, क्यान्टिनमा रहेका सामान जलेर नष्ट

काठमाण्डौं। काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ। 

आज बिहान लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्  ।  ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस आगलागीमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा सुरक्षा फौज खटिएको थियो । 

आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ