Comments Add Comment

लोसपाबाट निर्वाचित शुद्धोदन गाउँपालिकाका अध्यक्षले गरे आत्मसमर्पण

काठमाण्डौं। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। 

विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।

कार्कीका अनुसार फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।

उनले जबर्जस्ती करणीमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोप छ। चौधरी लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ