अँध्यारोको विरुद्धमा
कति थच्चारिएको छु
कति पछारिएको छु
म अँध्यारोमा
कति लखेटिएको छु
कति रगडिएको छु।
म अँध्यारोमा
कति लुटिएको छु
कति कुटिएको छु।
थाहैनपाइ रेटिएको छु
रेटिएको छु, रेटिएको छु
अँध्यारोको कुरै नगर साथी
शिखर चुम्ने कल्पनामा हिडेको मान्छे म
विवशताको खोल्सामा भेटिएको छु
प्रिय कुलमान !
रङ्गिबिरङ्गि मान्छेको भीडमा
खास मान्छे चिन्न सकेन हुॅला
अँध्यारोलाइ राम्ररी चिनेको छु
तिम्रो पक्षमा छु, छैन थाहा भएन
तर ढुक्क हुनु
अँध्यारोको विरोधी अवश्य हुॅ म
अँध्यारोलाई राम्रैसित चिन्छु म
+ +++ ++++ ++++ ++
कवि आर बि बि संयोगको कवितासंग्रह प्रकाशोन्मुख छ ।
