Comments Add Comment

विश्व पौडेलको रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश मल्लको इजलासमा

काठमाण्डौं। विश्व पौडेललाई गभर्नर बनाउने नमिल्ने रिट दरपिठविरुद्धको निवेदन न्यायाधीश सपनाप्रधान मल्लको इजलासमा परेको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटलाई सर्वोच्चले गएको शुक्रबार दरपिठ गरिदिएको थियो। दरपिठविरुद्ध उनीहरूले सोमबार निवेदन दर्ता गरेका थिए।

न्यायाधीश मल्लको इजलासमा अहिले त्योभन्दा अघिल्लो मुद्दामा सुनुवाइ चलिरहेको छ । दरपिठविरुद्धको निवेदनमा खाजा ब्रेकपछि पालो आउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ