Comments Add Comment

कहाँ कहाँ पर्दैछ पानी?


काठमाण्डौं। काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको छ। 

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भने एकाएक ठूलो पानी परेको छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हालको बदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसमविदले बताएका छन्। 

पछिल्लो २४ घण्टामा  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम वदली भएको र जहाँ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित वर्षा हुने भएका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसप्रति सचेत हुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ