काठमाण्डौं। सोलुखुम्बु केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सो भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको थियो । भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।
