काठमाडौं । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका सीडीओको फेरिएका हुन् ।
कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई खटाइएको छ ।
कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई मन्त्रालयमा तानिएको गृहले जनाएको छ ।
