Comments Add Comment

मर्मतपछि नियमित उडान भर्दै वायु सेवा निगमका दुई ट्वीन अटर विमान

काठमाडौँ । नेपाल वायु सेवा निगमका दुई वटा ट्वीन अटर विमान नियमित सञ्चालनमा आएका छन् । निगमले मर्मत सम्भार एवं दुई वटै नयाँ इन्जिन परिवर्तन गरेर नियमित उडान तालिका अनुसार विमानहरू सञ्चालनमा आएको जनाएको छ ।

‘आन्तरिक उडान सञ्चालनका लागी निगमका दुई वटै ट्वीन अटर विमानहरु (9N-ABU र 9N-ABT) पूर्ण रुपले सञ्चालनमा आएको हुँदा उक्त विमानहरु आन्तरिक उडान सेवामा सक्रिय रूपमा परिचालन हुँदा निगमको उद्धेश्य अनुरुप दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा बृद्धि हुने विश्वास लिदै आगामी दिनहरूमा पनि विगतमा झैं यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान संचालन गर्न निगम सदैव प्रतिबद्ध छ,’ निगमद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

उल्लेखित निगमका दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड थिए । मर्मत सम्भारपछि सञ्चालनमा आएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ