Comments Add Comment

... अस्पतालमा हिमाल आरोही साहित्यकार सापकोटाको निधन

काठमाण्डौ । साहित्यिक अभियान्ता तथा हिमाल आरोही एवम् ‘मेची–महाकाली साहित्यिक दौड’ का प्रणेता लक्ष्मण सापकोटाको निधन भएको छ । काभ्रेपलाञ्चोक जिल्ला पनौती निवासी साहित्यकार लक्ष्मण सापकोटाको बिहिबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा एक्कासी समस्या आएपछि धुलिखेल अस्पताल पुर्याइएका साहित्यकारको बिहिबार बिहान उपचारको क्रममा निधन भएको हो । बिहिबार नै पनौतीको त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको थियो ।

वि.सं. २०७६ मा ‘नमोबुद्ध–लुम्बिनी साहित्यिक दौड’ मा सापकोटाले ५०० किलोमिटरको यात्रा दौडिएरै पार गरेका थिए, जसले नेपाली साहित्यमा नयाँ आयाम थपेको थियो । वि.सं.२०७३ मा ‘मेची–महाकाली साहित्यिक दौड’ सम्पन्न गर्दै उनले साहित्यिक चेतना फैलाउने प्रयास गरेका थिए ।

सापकोटाले २०७४ सालमा इम्जात्से र मेरापिक हिमाल आरोहण गरेका थिए । त्यसै वर्ष, उनले सगरमाथा आरोहणको प्रयास गरेका थिए, तर स्वास्थ्य समस्याका कारण ५२०० मिटर उचाइबाट फर्कनुपरेको थियो ।

उनले भनेका थिए, ‘आफ्नो अभियानबाट विचलित हुने स्वभाव मेरो छैन, देश र जन्मभूमिको नाम राखेरै छोड्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ