Comments Add Comment

घट्यो डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य

काठमाडौं। नेपाल आयल निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले सोमबार राति १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको हो। 

यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले मूल्य घटाइएको निगमले जनाएको छ भने पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । निगमले प्रेस विज्ञप्ती जारी मूल्य समायोजन गरिएको जनाएको हो । इन्डियन आयल निगमसित इन्धन आयात गर्नुपरेका कारण खरीदमूल्य अनुरुप बिक्री मूल्य निर्धारण गर्नुपरेको निगमले बताएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ