काठमाण्डौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। कांग्रेस सभापति शेरबहादुर देउवानको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने भएको हो।
महाधिवेशन गर्न नसकेका पार्टीका भ्रातृ संगठनबारे निर्णय लिन यो पदाधिकारी बैठक बोलाइएको हो।
बैठकमा सत्ता गठबन्धनका विषयमा पनि छलफल हुनेछ। यो बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे पनि छलफल हुनेछ।
साथै पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका विषयमा पनि छलफल हुनेछ।
