Comments Add Comment

खुले पाकिस्तानसँगको विवादले बन्द भारतका विमानस्थल

काठमाण्डौं। भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ। सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ।

भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको छ। शनिबार युद्धविराम घोषणा भएपछि पनि केही विमानस्थल सञ्चालनमा आएको थियो। सञ्चालनमा बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ