Comments Add Comment

कति छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाण्डौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ०३ पैसा थियो।

त्यस्तै युरोपियन युरो एकको खरिदर १५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रूपैयाँ १७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १८२ रूपैयाँ २२ पैसा र बिक्रीदर १८३ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ७१ पैसा र बिक्रीदर १६६ रूपैयाँ ४३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७८ पैसा र बिक्रीदर ८८ रूपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८ रूपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १७ पैसा र बिक्रीदर चार रूपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रूपैयाँ १० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ७७ पैसा र बिक्रीदर नौ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १६ पैसा र बिक्रीदर १४ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७१ पैसा र बिक्रीदर २० रूपैयाँ ८० पैसा तोकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ