Comments Add Comment

भारत-पाकिस्तान द्वन्द्वबारे नेपालको धारणा सार्वजनिक, आतंकवाद विरुद्ध उभिने उद्घोष

काठमाडौं। नेपालले सबै प्रकारका आतंकवादविरुद्ध उभिने स्पष्ट पारेको छ। भारत-पाकिस्तान द्वन्द्व चर्किरहँदा परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको छ।

पहलगाममा घटनामा १ जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो।

परराष्ट्र मन्त्रालयले दुखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका र त्यस आततायी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाएको छ।

नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने स्पष्ट पारेको छ। नेपालले दुई देशबीचको द्वन्द्व कम हुने र चाँडै शान्ति स्थापना हुने आशा समेत व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ