काठमाण्डौं। नेकपा एमाले निकट अनेरास्ववियुले जेठ ५ भित्र बाँकी जिल्ला अधिवेशन गरिसक्न पनि निर्देशन दिएको छ। बिहीबार बसेको प्रतिनिधि व्यवस्थापन उपसमितिले जेठ ५ भित्र बाँकी जिल्ला अधिवेशन गरिसक्न पनि निर्देशन दिएको हो। अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने भएकाले त्यसका लागि प्रतिनिधि छनोट पठाउने समेत संगठनले तोकेको छ।
संगठनका प्रवक्ता प्रकाश पौडेलका अनुसार जेठ १० गते क्याम्पस वा सो सरहका कमिटीको प्रतिनिधि छनोट, जेठ १२ गते जिल्ला वा सो सरहको कमिटीको प्रतिनिधि छनोट र जेठ १४ गते प्रदेश वा सो सरह बाट प्रतिनिधि छनोट गर्न निर्देशन दिइएको छ।
