Comments Add Comment

गभर्नर नियुक्तिका विषयमा तात्यो कांग्रेस, देउवाले बोलाए बैठक

काठमाण्डौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शुक्रबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनको अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। गभर्नर नियुक्ति लगायतका विषयमा सरकारले निर्णय लिन नसकिरहेका बेला कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ