काठमाडौं । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिईएको हो । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीले सूचना प्रकाशित गरी बुधबार सार्वजनिक बिदा दिइएको जनाएकी हुन् । सूचनामा प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा २०८२ वैशाख २४ गते बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ । बागमति प्रदेशमा नेपाली खस भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई सरकारी कामकाजको भाषा तोकिएको छ ।
। बागमती प्रदेश सरकारले प्रदेश सरकारको बैशाख १२ को निर्णय अनुसार विदा दिईएको हो । सो बैठकले कामकाजको भाषा शुभारम्भ भएको दिन वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
वैशाख २४ गतेकै दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरमा सार्वजनिक समारोहका बिच सम्बोधन गरेर प्रदेश सरकारी काम काजको भाषा प्रदेशभर शुभारम्भ भएको घोषणा गरेका थिए ।
सो निर्णय वमोजिम वैशाख २४ गतेबाटै प्रदेश सरकार, निकाय, मातहतका कार्यालयका साइनबोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेख्नुपर्ने नियम छ ।
